Logo
३१ भाद्र २०८१, सोमबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन अन्तिम साता अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट व्यापारिक कक्ष ‘बुकिङ’ खुला गरिएको महासंघले जनाएको छ ।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको हो । कूल ३०० भन्दा बढी व्यापारिक कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ ।

मेलामा नेपालसहित सार्क मुलुकहरु, चीन, थाइल्याण्ड, मलेसियालगायतका देशहरूको सहभागिता रहनेछ । सो मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ । (रासस)

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्