Logo
३१ भाद्र २०८१, सोमबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बादल र शर्मा सहित यी हुन् माओवादीका राष्ट्रियसभा उम्मेदवारहरु

काठमाडौं : नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारको टुंगो लगाएको हो । माओवादीले नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ ।

बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन् भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् । माओवादीले प्रदेश नम्बर १ बाट बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश नम्बर २ बाट शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।

यस्तै प्रदेश नम्बर ३ बाट बादलसहित गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ भने प्रदेश नं ४ बाट दीनानाथ शर्मासहित खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ । प्रदेश नं ५ बाट राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइँदा प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) लाई उम्मेदवार बनाइएको छ ।

यस्तै प्रदेश नम्बर प्रदेश नं ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ ।साेमबार बसेकाे माअाेवादी शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने जिम्मा शीर्ष तीन नेतालाई प्रदान गरेको थियाे ।  बैठकले अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार टुंगाे लगाउने जिम्मा दिएकाे थियाे ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्