Logo
३ आश्विन २०८१, बिहीबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङमा आगालागी, २ घर जलेर नष्ट

ताप्लेजुङ : सदरमुकाम फुङलिङमा आज आगालागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी शुरु भएको थियो । करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका साथै स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीका कारण खुल्न सकेको छैन् भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्