Logo
३१ भाद्र २०८१, सोमबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भावी सरकार गठनलगायत राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

काठमाडौँ : वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा मग्लवार बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेशी दललाई नेतृत्व गर्न प्राप्त जनादेशबमोजिम अघि बढ्न छलफल गरिएको थियो । माओवादी केन्द्रका नेता मातृका यादवले विस्तृत छलफलका लागि आफूहरुको आजै अपराह्न ३ बजे बैठक पुनः बस्ने जानकारी दिए । बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्