८ लाख पचास हजार भारतीय नोटसहित १ पक्राउ
विराटनगर : नोट सटही गर्न खोजिरहेको अवस्थामा विराटनगरबाट अवैध भारतीय नोटसहित एक जनालाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा झापा भद्रपुर–१ का ५० वर्षीय आनन्द मितल रहेका छन् । उनलाई विराटनगरको ट्राफिकचोकबाट सोमबार प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने छ ।