Logo
३१ भाद्र २०८१, सोमबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुतावासलाई खुशी पार्न राजपाको कांग्रेस मोह, तर कांग्रेस मौन, फोरम भने वाम तिर

काठमाडौं : राष्ट्रिय सभाको निवार्चनमा तालमेलको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी राजपा भित्र अन्तरद्धन्द सुरु भएको छ । भने संघयि समाजवादी फोरमले बढी भन्दा बढी सिटका लागि भन्दै एमालेसंग गठबनधन गर्ने तयारीमा जुटेको छ ।  तलमेलबारे छलफल चलिरहदा कांग्रेससगै गठबन्धन गर्न काठमाडौं स्थित भारतयि राजदुतावासले समेत चर्को दवाब दिन थालिएको श्रोतको दावी छ ।

‘केहि राजपा नेताहरु दुतावस भक्त बन्न बिरोधका लागि बिरोधमा उत्रेका छन्’ श्रोतले भन्यो ‘भारतमा बिजेपीको सरकार आएपनि नेपालको दुतावासमा भने अझै पनि कांग्रेसकै एजेण्टहरुको हालीमुहाली छन् उनहीहरुलाई खुशी पार्न केहि राजपा नेताहरु पनि दुतावसकै भाषा पार्टीमा बोल्न थालेका छन् ।’

उता फोरमले भने आफूहरु बढि भन्दा बढी सिट पाउने शतृमा जो संग पनि गठबन्धन गर्ने मूडमा छन् । फोरम नेता राजेन्द्र श्रेष्ठले राजपाले कांग्रेस मोह देखाएपनि फोरम भने राजपासंग सति नजाने बताए । फोरमले प्रदेश नम्बर ५ र १ मा रहेको आफ्नो मतलाई अधार मान्दै थप १ सिट मागदै आएको छ भने एमालेसंग गठबन्धन गरे ६ र १ गरि जममा ७ ओटा सिट आउने निश्कर्ष फोरमको रहेको छ ।

तर राजपा नेता राजकिशोर यादवले राष्ट्रियसभा चुनावबारे कुनै गठबन्धन अहिलेसम्म भइनसकेको बताए । ‘छलफलहरु जारी छ, अहिले नै केहि भन्न सकिन्न’ उनले भने ‘संविधान संशोधन भावी राजनीतिक यात्रा आदि बिषयमा केन्द्रित भएर राजपाले कुनै निर्णय लिनेछन् ।’

उता नेपाली कांग्रेस भने राजपालाई खासै कुनै भ्याल्लु दिइरहेका छैनन् । ‘हामिले त्यतिकैपनि २/३ टा सिट फाउछौं, राजपालाई पाइदा छ, भने हामिसंग गठबन्धन गरोस् त्यसैपनि त राजपा हाम्रै खेमाका हुन’ भन्ने सोचमा काग्रेसी नेताहरु रहेका छन् । ‘वाम गठबन्धनमा राजपा जानै सक्दैन’ कांग्रेसका नेता बिमलेन्द्र निधिले भने घुमिफिरि राजपा हामिसंगै आउछ, एमालेले उस्लाई कुनै भ्याल्लु पनि दिदैन र राजपा त्यो लाइनमा जादा पनि जादैन । यो मेरो विशवास हो उनले भने तरपनि छलफलहरु जारी नै छ हेरौं के हुन्छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्