Logo
३ आश्विन २०८१, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलमिलापतर्फ पठाइएका मुद्दामा देखिएन सन्तोषजनक अवस्था

काठमाडौँ : काठमाडौँ अदालतमा चालु आवमा मेलमिलापतर्फ पठाइएका मुद्दामा सन्तोषजनक अवस्था देखिँदैन ।मेलमिलापतर्फ ४५८ मुद्दामध्ये ७४ मुद्दा मात्र मेलमिलाप गर्न सफल तथा २३१ मुद्दा मेलमिलाप गर्न असफल भएका छन् । तथ्याङ्कलाई हेर्दा मेलमिलापतर्फ सफलता कम देखिन्छ । आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ अदालतका न्यायाधीश रमेशराज पोखरेलले मेलमिलापतर्फको तथ्यांक हेर्दा त्यति सन्तोषजनक नभए पनि मेलमिलापलाई प्रभावकारी बनाउन अदालत प्रयासरत रहेको बताउनुभयो ।

अदालतले चालु आवको पुस महिनासम्म छ हजार २०३ मुद्दा दर्ता भएकामा चार हजार ३५३ मुद्दा फैसला गरेको छ । अदालतको सो अवधिमा पाँच हजार ४९८ मुद्दा फैसला गर्ने लक्ष्य थियो । जरिवानातर्फ भने अदालतले करिब रु ६२ करोड ९६ लाख असुल गरेको छ । अदालतले लक्ष्य भने करीब रु ८७ करोड ५४ लाख असुल गर्ने राखेको थियो । न्यायाधीश पोखरेलले अदालतले नागरिकको न्यायमा पहुँच बढाउन निरन्तर काम गरिरहेको बताउँदै सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दामा समाचार प्रकाशन/प्रसारण गर्दा मुद्दामा समेत प्रभाव पर्ने गरेको अनुभव रहेको सुनाउनुभयो ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्