Logo
३ आश्विन २०८१, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकबाट ८० मिटर तल खसेर बस दुर्घटना, तीन जनाको मृत्यु

दाङ : सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो ।

लुमाह प्रहरी प्रमुख डाँगीले तीन जनाको घटनास्थलमै मृत्यु भएको भए पनि उनीहरुको सनाखत भने हुन नसकेको जानकारी दिए । घाइतेहरुको यो खवर तयार पार्दै गर्दा सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले सेतोपाटीलाई बताए । रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं. बस आइतबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बस दुर्घटनाको कारण पत्ता नलागेको जानकारी दिइएको छ । अहिले घाइतेको उद्धारमा लागेको हुँदा दुर्घटनाबारे वृस्तृत जानकारी केही बेरमै प्राप्त हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्