Logo
४ आश्विन २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता नामावली सार्वजनिक 

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेकोक छ। माघ २४ गतेका लागि तोकिएको निर्वाचनमा प्रदेशसभाका सांसद साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक प्रावधान छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८–८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक व्यवस्था छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५०६ जना साथै प्रदेश सांसद ५५० गरी राष्ट्रियसभामा २ हजार ५६ जना मतदाता रहनेछन् ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्