सपथग्रहण गर्न सुर्खेत पुग्न हेलिकोप्टर नै चार्टर
काठमाडौं : देशभरका प्रदेशसभा सदस्यहरको सपथग्रहण कार्यक्रम अन्तरगत प्रदेश ६ का प्रदेशसभा सदस्यहरु सपथग्रहण गर्न हिलिकोप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् । शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार विहानै हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टरमा अस्थायी मुकाम वीरेन्द्रनगर पुगेका हुन् ।
समानुपातिकतर्फ सांसद बनेकाहरु प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरु पनि काठमाडौं मै थिए । प्रदेश ६ का सदस्यहरुको सपथग्रहण आज विहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालय हुने जनाइएको छ । प्रदेश ६ मा ४० सदस्य रहेका छन् ।