रोचक त्वरबाट प्रदेश नम्बर १ का सांसदहरुलाई सपथ, साक्षीमा ९ पुर्व प्रधानमन्त्री !
बिराटनगर : देशभरका प्रदेशसभा सदस्यहरको सपथग्रहण कार्यक्रम अन्तरगत बिराटनगरमा भने निकै नै रोचक त्वरबाट सपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा यस प्रदेशका ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर समेत लगाएर सजाइएको छ ।
प्रदेश नम्बर १ अन्तरगतका राजनीतिज्ञहरु जो प्रधानमन्त्री जस्तो पदमा जान सफल भएका छन् उनीहरुको समेत योगदान झलकाउने उद्देश्यले सबैको तस्विर लगाइएको आयोजकहरुले जनाएका छन् । सपथ ग्रहणका तयार पारिएको मञ्चमा शाहीकालीन पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको समेत तस्वीर राखिएको छ ।
तस्वीरमा पूर्वप्रधानमन्त्री स्व. मात्रिकाप्रसाद कोइराला, स्व. वीपी कोइराला, स्व. सूर्यबहादुर थापा, स्व. कीर्तिनिधि विष्ट, स्व. नगेन्द्रप्रसाद रिजाल, स्व. गिरिजाप्रसाद कोइराला, स्व. मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीको तस्वीर राखिएको छ । त्यसको छेउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको छ ।
सपथ ग्रहणस्थलमा प्रदेश १ का बिभिन्न पर्यर्टकीय एवं पहिचान झल्काउने ठाउँहरुको समेत मा तस्वीर राखिएका छन् । जसका सुनसरीको पिण्डेश्वर धाँमदेखि इलाम, भोजपुरसम्मका बिभिन्न धार्मि स्थलहरुको तस्विर समेत राखिएका छन् । सगरमाथादेखि अन्य हिमालहरु र भोजपुरे खुकुरी एवं बराहक्षेत्रका तस्वीरहरुले सपथ ग्रहणस्थल झकिझकाऊ पारिएको छ ।