Logo
४ आश्विन २०८१, शुक्रबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण

काठमाडौं : मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ । निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आग्रह गरेको आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ ।

संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै विजयको प्रमाणपत्र पाइसकेका भए पनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट वञ्चित हुँदै अाएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।

यो पनि पढ्नु होस् :

यी हुन् प्रदेशसभाका समानुपातिक तर्फ विजयी सांसदहरु (नामावली सहित)

 

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्