Logo
३ आश्विन २०८१, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सहरुको आन्दोलन स्थगित, ११ बुँदे सहमति

काठमाडौं : निस्कासित नर्सलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलन स्थगित भएको छ । सरकारी वार्ता टोली र नर्सिङ संघबीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ । आफूहरुले अघि सारेको सबै माग पुरा गर्न मन्त्रालय सहमत भएको संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले बताइन् । उनका अनुसार त्रजिनाको पुर्नवहाली २४ घन्टाभित्र गर्ने र बाँकी माग एक महिनाभित्र पुरागर्ने सरकारी प्रतिवद्धता छ ।

जसमा नर्स जतिलाई पुर्नबहाली गर्नेसहित ११ बुँदे माग राखेर नर्सहरु आन्दोलनमा उत्रिएका थिए । नर्सिङ सेवा महाशाखा पुनस्र्थापना, सरकारले तोके अनुसार ‘नर्स बिरामीको अनुपात’ लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलबभत्ता हुनुपर्ने, भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने संघको माग छ । साथै स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनु पर्ने, श्रम ऐन लागू गर्नु पर्ने लगायत पनि संघको माग थियो ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्