Logo
३ आश्विन २०८१, बिहीबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको राजधानी तोकिएपछि बुटवलमा दीपावली

बुटवल : सरकारले प्रदेश ५ को अस्थायी राजधानी तोकेको खुशियालीमा रुपन्देहीको बुटवलमा दीपावली गरेर खुसी मनाइएको छ । अस्थायी राजधानी तोकेपछि बुधबार साँझ विभिन्न ठाउँमा दिपावली भएको छ । बुटवलको ट्राफिकचोक, पुष्पलालपार्क लगायतका ठाउँमा स्थायनीय सडकमा निस्केर खुशियाली मनाउँदै दिपावली भएको छ । सरकारको निर्णयको रुपन्देहीमा विभिन्न दल तथा संघसंस्थाले प्रशंसा गर्दै स्वागत गरेका छन् ।

प्रदेश घोषणा भएदेखि नै पाँच नम्बर प्रदेशको राजधानी बुटवल कि दाङ भन्नेमा लामो समयदेखि विवाद रहँदै आएको थियो । दाङ राजधानी तोकिन लागेको भन्दै केही समयअघि यहाँ त्यसको विरोधमा प्रदर्शनसमेत भएको थियो । गत चुनाबमा दुबै जिल्लामा आ–आफ्नो ठाउँमा राजधानी बनाउने चुनावी एजेण्डा लिएर उम्मेदवारहरूले भोट मागेका थिए ।

 

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्