Logo
४ आश्विन २०८१, शुक्रबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद भवनमा यस्तो बन्दैछ बैठक कक्षहरु (फोटो फिचर)

काठमाडाैँ : नयाँ संविधान अनुसार भएको निर्वाचन सँगै देशमा २ ओटा सदन हुने भएको छ । तत्तलो सदन र माथिल्लो सदन गरी जम्मा ओटा सदन लाइृ क्रमस प्रतिनिधि सभा र राष्टिय सभा भनिएको छ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाहल रातो रङको बन्ने भएको छ  भने, तल्लो सदन प्रतिनिधिसभा हल आकाशे अर्थात् निलो रङको बन्नेछ ।

५९ सदस्यीय राष्ट्रिय–सभा हल सांसदको ८० वटा रातो रङको कुर्सीसहित २ सय २० सिट क्षमताको बन्नेछ । प्रतिनिधि–सभा हलका लागि निलो रंगको ३ सय ४४ वटा सिटको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको जम्मा संख्य २७५ रहेको छ ।

प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नया तरिकाले बनिरेको बैठक कक्षमा दर्शक तथा पत्रकारका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ । सचिवालयले दर्शक तथा पत्रकारको सिटमा भने फरक रंगको कभर राख्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्