Logo
४ आश्विन २०८१, शुक्रबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता गर्न वैद्य माओवादीले वार्ता टोली बनाउने

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलसँग एकताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार बसेको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेर्तत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको कम्युनिस्ट पार्टीसँग एकताको आधार तयार पार्न वार्ता टोली बनाई पहल गर्ने निर्णय गरेको हो ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति कार्यक्रम र उद्देश्य राखेका कम्युनिस्ट समूह र व्यक्तिहरुलाई एकतावद्ध गर्नुपर्ने क्रान्तिकारी माओवादीले ठहर गरेको छ । ती पार्टीहरुसँग राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायतका विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जाने तयारी गर्ने पनि निर्णय भएको महासचिव वैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्