प्रदेशको राजधानी माग्दै बिहानैदेखि दाङमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग ठप्प
दाङ : देशभरी नै राजधानीका नाममा बिभिन्न खालका आन्दोलनहरु चलिरहेका बेला प्रदेश राजधानी माग गर्दे दाङमा पनि प्रदर्शन सुरु भएको छ । दाङमा राजधानी हुनुपर्ने माग राख्दै आह्वान गरिएको अनिश्चितकालीन आम हडतालको प्रभाव बुधबार बिहानैदेखि परेको छ ।
स्थानिय पत्रकारहरुका अनुसार बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएका छन् । पूर्वपश्चिम राजमार्गमा टायर बालिएको छ । यसअघि सरकारले दाङमा प्रदेशस्तरीय उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा राजधानी माग गर्दै बुधबार बिहानदेखि नै प्रदर्शन सुरु भएको छ । राजधानी माग गर्दै सुरु भएको आम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन् ।