Logo
२० कार्तिक २०८१, मंगलबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पलाई किम जोङले ‘पागल कुकुर’ भनेपछि वार्ता अप्ठ्यारोमा

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘पागल कुकुर’ भनेपछि कोरियाली वार्ता सफल हुनेमा आशंका उब्जिएको छ । मंगलबार नेता उनले ट्रम्पलाई यस्तो संज्ञा दिएका हुन् । उत्तर कोरियाको भन्दा अमेरिकासँग आणविक हतियारको शक्तिशाली बटन रहेको ट्रम्पको भनाइको उनले प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् ।

गत महिना यी दुई नेताबीच आणविक हतियारको बटनका बारेमा भनाभन भएको थियो। उत्तरको भनाइ कोरियाली समस्याबारे क्यानडामा वार्ता हुनुभन्दा केही घण्टाअगाडि आएको छ । दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुने उत्तरको निर्णयसँगै शान्तिवार्तामा प्रगति हुने अपेक्षा गरिएको थियो ।

उत्तर कोरियाली सरकारी पत्रिका रोडोङ सिनमनले ट्रम्पले उडन्ते कुरा गरेको भन्दै आलोचना गरेको । उत्तर कोरियाको तागतसँग डराएर ट्रम्पको यस्तो वक्तव्य आएको उक्त पत्रिकाले जनाएको छ।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्