Logo
१४ पुस २०८१, आईतबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको ३० वर्ष नेपालमा बामले राज गर्ने छ : गौतम

काठमाडौं : एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले उनले अबको पाँच वर्ष एमाले र माओवादी मिलेर देश विकास गर्ने र त्यसको परिणामले कम्तिमा ३० वर्षसम्म जनताले अनुमोदन गर्दै जाने बताएका छन् ।  गौतमले वाम एकता तोड्न खोजे कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नांगिने बताए ।

भक्तपुरबाट प्रकाशित ‘समय समाज’ साप्ताहिकको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मंगलबार बोल्दै गौतमले भने, ‘देउवाजीले जति एकता तोड्ने प्रयास गर्छन् ।  गौतमले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने हैसियतमात्र दिएकाले सोही अनुसार अघि बढ्न सुझाव समेत दिए । ‘जनताले निर्वाचनमार्फत् वाम गठबन्धनलाई सरकार बनाएर सञ्चालन गर र कांग्रेसलाई प्रतिपक्षमा बस भनिसकेका छन्’, गौतमले भने, अझै किन निर्वाचन आयोगलाई हातमा लिएर कठपुतली बनाउँदै चलखेल गरिरहेको हो ?’

त्यत्ति नै उनको शरीरका कपडा बाहिर जाँदैछन् । यस्तै ढंगले चलिरहे चाँडै देउवा निवस्त्र हुनेछन् ।’ आफूलाई लोकतन्त्रको हिमायती भन्ने कांग्रेस नै लोकतन्त्रविरुद्ध षडयन्त्र गरिरहेको उनको भनाइ थियो । उनले २०६४ सालको संविधान सभापछि पनि ४ महिना सत्ता नसुम्पिएको स्मरण गर्दै कांग्रेसले संघीय लोकतान्त्रिक व्यवस्थाको पहिलो सरकार बनाउन वाम गठबन्धनलाई रोक्न नसक्ने चुनौती दिए । कार्यक्रममा बोल्दै पूर्वउद्योगमन्त्री महेश बस्नेतले पनि कांग्रेसले जनमतको अपमान गरेर सत्ता लिप्सा देखाइरहेको आरोप लगाए।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्