Logo
४ आश्विन २०८१, शुक्रबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परामर्शका लागि ५ दलसँग निर्वाचन आयोगको बैठक

काठमाडौं : निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ । तर, प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन ।

५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगको चेतावनी छ । राष्ट्रिय दलका अलावा अन्य प्रमुख नेताहरुसँग समेत आयोगको छलफल गर्ने तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्