Logo
३ आश्विन २०८१, बिहीबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसायी बसन्त हत्याकाण्ड : लोकल कनेक्सन खोज्दै प्रहरी

भैरहवा : रुपन्देहीको देवदह नगरपालिकामा व्यवसायी बसन्त (बलु) पौडलको हत्यामा प्रहरीले लोकल कनेक्सन खेजिरहेको छ । लोकल कनेक्सन विना हत्या हुन नसक्ने निश्र्कषमा पुगेको प्रहरीले अपराधीलाई पक्राउ गर्न लोकल कनेक्सन खोजिरहेको हो । अनुसन्धानको सुरुवाती चरणमै हत्याकाण्डमा लोकल कनेक्सन खोज्नका लागि घटनाको छानबिनका लागि गठित विभिन्न टोलीद्धारा रुपन्देही, नवलपरासी लगायतका जिल्लाबाट दजर्नौ व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य जारी राखेको छ ।

रुपन्देही जिल्लाका साथै रुपन्देहीको छिमेकी जिल्लाका व्यक्तिहरुको पनि घटनामा संग्लनता हुन सक्ने आंशका रहेको कारण छिमेकी जिल्लाका व्यक्तिहरु उपर पनि अनुसन्धान भइरहेको घटनाको छानबिनको लागि गठित समितीका एक सदस्यले बताए । घटनाको शैली अनुसार प्रारम्भिक अनुसन्धान गर्दा यो घटना लोकल कनेक्सन विना हुनै नसक्ने हाम्रो निश्र्कष छ तर्सथ हामीले सबैभन्दा पहिला लोकल कनेक्सन नै खोजिरहेका छौँ ती सदस्यले जनता पोष्टसगँ भने अनुसन्धान भइरहेको छ तर हाल सम्म कुनै ठुलो प्रगति भने भएको छैन ।

यस अघि युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्याकाण्डमा अधिकांश लोकल व्यक्तिहरु नै संग्लनता रहेको थियो । त्यस्तै हत्या भएको केही समयभित्रै नै मनोज पुनले संचारकर्मीहरुलाई टेलिफोन गरेर लिएको जिम्मा विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले भने घटना भएलग्त्तै घटनाको खबर मनोज पुन सम्म पुगेको र पुनले पनि तत्काल संचारकर्मीहरुलाई फोन गरेर जिम्मा लिएको देखिन्छ । यसर्थ घटनास्थल क्षेत्रबाट घटनाको खबर तत्काल मनोज पुनलाई कसैले मोबाइल मार्फत गरेको हुन सक्ने भएको कारण घटनाको समयमा घटनास्थल क्षेत्रमा प्रयोग भएका सबै मोबाइल कलको पनि अनुसन्धान भइरहेको छ । हाल सम्म हजारौँ मोबाइल नम्बरको अनुसन्धान भइरहेको छ ।

बलु हत्याकण्डको छानबिनको लागि सिआइबीका एसएसपी घनश्याम अर्यालयको नेतृत्वमा एक टोली बुटवल बास बसेर अनुसन्धान जारी राखेको छ । त्यस्तै घटनाको छानबिनको लागि डिएसपी धर्मराज भण्डारीको संयोजकत्वमा गठित छानबिन समिती, जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, घटना पछि प्रहरी निरीक्षकको कमाण्ड रहेको प्रहरी चौकी खैरनीले पनि घटनाको अनुसन्धान जारी राखेको प्रहरी स्रोतले बतायो । तर अनुसन्धान जारी रहेको रेडिमेड जवाफ बाहेक आधिकारीक रुपमा कुनै पनि प्रहरी अधिकारीले प्रतिक्रिया दिन मानेका छैन ।

मृतक पौडेल देवदह २ स्थित आफ्नै सः मिलमा आगो तापिरहेको अवस्थामा मोटरसाइकलमा सवार २ जना उनलाई गोली प्रहार गरेर फरार भएका थिए । जसको जिम्मा यस अघि दुर्गा तिवारीको हत्या पश्चात जिम्मा लिने व्यक्ति मनोज पुनले लिएका छन् । पुनले पटक पटक अपराधिक घटना घटाउँदै आएको प्रहरी अनुसन्धानले देखाएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

पुन भारतमा बस्दै आएको प्रहरी अनुसन्धान देखिताएपनि दुर्गा तिवारी हत्या पश्चात भारतमा पक्राउ गर्न गएको सिआइबी टोली रित्तो हात फर्किएको थियो । भारतको गोवा लगायत क्षेत्रमा एक महिना बसेको सिआइबीले मोबाइलको लोकेशनले पुनलाई पछ्याउँदै जादा पुनसगँ मध्यप्रदेशबाट सम्पर्क विच्छेद भएपछि सिआइबी टोली फर्किएको थियो ।

पुनको खोजीमा रहेको सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्की र प्रहरी मुख्यालयले गठन गरेको डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन टोलीबिच मतभेद उत्पन्न हुदाँ समेत पुन पक्राउ पर्न नसकेको चर्चा समेत छ । पुनलाई पक्राउ गर्न नसक्दा उनले टोलिफोनको भरमा उद्योगी, व्यवसायीहरुसगँ मोटो रकम असुल गरेर भारतको गुजरात, मुम्बई, चण्डीगढ, गोवा लगायतका शहरहरुमा बसी युवाहरु परिचालन गर्दै घटना गराउँदै आएको आन्तिरक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।

दुर्गा तिवारीको हत्या अघि नै पुन उपर संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योगमा रुपन्देहीमा मुद्दा दायर रहेको छ । आरोपी पुन विगतमा एमालेकै कार्यकर्ता थिए । उनी ५/६ वर्ष अघि सानोतिनो गुण्डागर्दी र ठेक्कापट्टा गर्दथे । र, त्यसबेला गुण्डागर्दी (झैभगडा) गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन एक प्रहरी अधिकृतले घटनालाई सम्झिदै भन्छन्– म इप्रका बुटवलमा कार्यरत रहँदा गुण्डागर्दी (झैझगडा) को आरोपमा पुनलाई पक्राउ गरेका थिए तर पुन एमालेको कार्यकर्ता रहेको कारण त्यसबेला एमालेका स्थानिय नेताहरुले पिडितलाई दबाद दिएर घटनाको जाहेरी प्रहरी कार्यालयमा दर्ता नगराउने ‘वातवरण’ बनाइदिएपछि पुनलाई ४ दिनपछि थुनामुक्त गरिएको थियो ।

उनी एमालेको कार्यकर्ता रहँदा चन्दा असुली गर्दथे । र, पार्टीमा रहेर चन्द असुली गर्नु गलत रहेको भन्दै दुर्गा तिवारीले पुनको कार्यप्रति विरोध गर्दै आएका थिए । पुन चन्दा असुलीमा लिप्त भएको पार्टीले जानकारी पाएपछि पार्टी उनलाई कारवाही स्वरुप पार्टीबाट निष्काशित गरिएको थियो ।

पार्टीले उनलाई कारवाही स्वरुप पार्टीबाट निष्काशित गरेपछि पुनले तिवारीका कारण आफुलाई पार्टीले कारवाही गरेको भन्दै तिवारी प्रति रिसिवी राख्न थालेको बताइन्छ । र केही समय पछि पुन बैकंङ्ग गए तर उनको रिसिवी शान्त भएको थिएन । त्यसपछि उनी बैकंङ्गबाट आएर भारतको गोवा शहरमा बसेर शालिकराम चापागाई भन्ने व्यक्ति मार्फत गत ०७२ फागुन महिनामा तिवारी माथि गोली प्रहार गर्न लगाएका थिए । उक्त समयमा तिवारीको हत्या गर्न मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बन्दुक निकालेर गोली प्रहार गर्न खोज्दा गोली प्रहार नभएपछि उनीहरु घटनास्थलबाट फरार भएका थिए ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा घटनामा संग्लन शालिकराम चापागाई सहित ८ जना आरोपीलाई पक्राउ गरेका थियो । त्यसपश्चात अर्को घटनामा दुर्गा तिवारीको हत्या भएपश्चात प्रहरीले अन्य आरोपीहरुलाई पक्राउ गरेपनि मुख्य अभियुक्त मनोज पुनलाई हाल सम्म पक्राउ गर्न सेकेको छैन ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्