Logo
३ आश्विन २०८१, बिहीबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै पनि हालतमा एमालेसित पार्टी एकता प्रक्रिया सफल हुन्छ : प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसितको पार्टी एकताको प्रक्रियाबाट कुनै पनि हालतमा पछि नफर्कने बताएका छन् । उनले एमाले र माओवादी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संयुक्त घोषणापत्र लिएर लिएर गएको र झण्डै दुई तिहाई मत प्राप्त गरेको उल्लेख गरे ।

जनताले कम्यूनिष्ट एकताको प्रक्रियालाई अनुमोदन गरेकाले अब त्यो काम छिट्टै पुरा हुने दाहालको भनाइ थियो । उनले अब स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका सरकार क्रियाशील हुने अवस्था आएको उल्लेख गर्दै सबै सरकारको ध्यान विकासमा मात्र केन्द्रित हुने धारणा राखे ।

एउटै कम्युनिष्ट केन्द्र बनाउने आफ्नो वर्षौदेखिको सपना रहेको उल्लेख गर्दै दाहालले एमाले अध्यक्ष केपी ओलीसमेत पार्टी एकताको प्रक्रियाबाट पछि नफर्कने धारणा राखे । ‘एउटै कम्यूनिष्ट केन्द्र बनोस् र नेपालमा समृद्धि आओस् भन्ने चाहना थियो अब त्यो पूरा हुन्छ’ गोकर्णेश्वर नगरपालिकामा सोमबार आयोजित तारेभिर महोत्सवको उद्घाटन गर्दै दाहालले भने,‘ एमाले अध्यक्ष ओली हामी कुनै पनि मूल्यमा अब पछि फर्किदैनौ ।’

 

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्