Logo
३ आश्विन २०८१, बिहीबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डढेलोमा परेर २ जनाको मृत्यु, १ जना गम्भिर घाइते

रुकुम पूर्व : पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–३ को लालपाटन जंगलमा लागेको डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ । डढेलोमा परेर सोही गाउँपालिका–७ का दुई स्थानीयको मृत्यु भएको हो ।

डढेलोमा पर्दा जंगल गएका श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो । डढेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरु आगोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भिर घाइते छन् ।

घाइते बोहराको काठमाडौंस्थित एक अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलबाट घाइतेलाई उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । दुर्गमस्थानमा घटना भएका कारण ढिलो खबर आएको प्रजिअ सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्