Logo
३ आश्विन २०८१, बिहीबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुत्ता सिउने नथुनी मोचीले तोडाए डा. केसीको अनसन

काठमाडौं :बिभिन्न माग सहित अनशनमा रहेका डा. गोविन्द केसीले शनिवार अनसन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्दै आएका नथुनी मोचीले डाक्टर केसीको अनसन तोडाएका हुन् । माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि प्राध्यापक डाक्टर केसि हिजो साँझ शुक्रवार नै अनशन तोड्न तयार भएका थिए ।  सरकारका तर्फबाट शिक्षामन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् ।

शुक्रबार साँझ नै सरकारसँग अनसन अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका डाक्टर केसीले शनिबार बिहान मात्रै औपचारिक रुपमा अनसन तोडेका हुन् ।  अनसन तोडेपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उनले अन्तिम अवस्थासम्म पनि चिकित्सा क्षेत्रको सुधार, न्याय र भ्रष्टाचार मुक्त समाजका लागि लडिरहने प्रतिक्रिया दिए ।

दुईपक्षीय सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने, सर्वोच्च अदालतको पुस २३ गतेको आदेशमा डिनमा हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको भन्ने उल्लेख भएकाले नियुक्ति वैध भएको हुँदा सो नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने उल्लेख छ ।

त्यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि भएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र कदम लिने तथा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार , जनशक्तिको व्यवस्था, सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने बारे दुईपक्षीय सहमति भएपछि डाक्टर केसीले अनसन अन्त गरेका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीशमाथि सर्वोच्च अदालतकै फैसलाले छानविनको दायरामा ल्याएकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनको तर्क थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आफू पुनःसत्याग्रह आन्दोलनमा बस्ने चेतावनी दिए ।

 

 

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्