Logo
३ आश्विन २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीले अनशन तोड्ने : सरकारसँग पाँच बुँदे सहमति

काठमाडौं : प्रा.डा. गोविन्द केसी र सरकारबीच पाँच बुँदे सहमति भएपछि डा. केसीले शनिवार बिहान अनसन तोड्ने भएका छन् । शुक्रवार साँझ सुरु भएको वार्ता मध्यरातअघि सहमतिमा पुगेको छ । वार्ताकारहरुले केसीका मागमा मध्यमार्गी नीति अपनाएका छन् ।

प्रधानन्यायाधीशको राजीनामामा अदालतले नै छानविन गर्ने भनेकाले त्यसलाई स्वीकार गर्ने र डिन पुनर्स्थापनाको विषयमा त्रिविविका कुलपतिको ध्यानाकर्षण गराउने सहमति भएको छ । शुक्रवार भएको वार्तामा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री दिपक बोहोरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल सहभागि थिए भने डा.केसीका तर्फबाट चिकित्सक त्रय जीवन क्षेत्री अभिषेक सिंह र सुमन आचार्य सहभागि थिए ।

वार्ताकारहरुले केसीका मागमा मध्यमार्गी नीति अपनाएका छन्। प्रधानन्यायाधीशको राजीनामामा अदालतले नै छानविन गर्ने भनेकाले त्यसलाई स्वीकार गर्ने र डिन पुनर्स्थापनाको विषयमा त्रिविविका कुलपतिको ध्यानाकर्षण गराउने सहमति भएको छ । शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि डा.केसीले १४ औं चरणको अनसन सुरु गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै केसी अनसनमा बसेपछि अदालतले मानहानीको मुद्दामा उनलाई गिरफ्तार गराएको थियो । उनको गिरफ्तारीले अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलेको थियो । अदालतले सामान्य तारेखमा मुक्त गरेपछि डा. केसीले पुन:अनसन जारी राखेका थिए ।

सरकारी र केसीका वार्ताकारबीच शुक्रवार साँझ भएको पाँच बुँदे सहमति ।

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्