Logo
९ मंसिर २०८१, आईतबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तयारी अन्तिम चरणमा : पाँचथरबाट सरकारले राष्ट्रिय परिचय–पत्र वितरण कार्य थाल्ने

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो । केहि दिन देखि विवरण संकलनका लागि समन्वय बैठक तथा प्रचारात्मक कार्यक्रम अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले जानकारी दिए ।

सरकारले पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु गर्ने अनुरुप वितरणका लागि प्रचारात्मक कार्यक्रम अघि बढाइएको छ ।  पाँचथर र सिंहदरवाट पहिलो चरणमा वितरण गर्ने निर्णय भएपनि पाँचथरवाट थाल्नेगरी काम अघि बढाइएकको उनले जानकारी दिए । अन्य कुरा यथावत रहे माघ महिना भित्रमा विवरण संकलन गरी फाल्गुनवाट कार्ड वितरण गर्ने गरी योजना अघि बढाइएको सुवेदीले बताए ।

स्थानिय तहका पदाधिकारीहरु तथा अन्यसरोकावारलाहरुसँग समन्वय बैठक राखिसकिएको उनले जानकारी दिए । सिहंदारवारका कर्मचारी भन्दा आमनागरिकबाट वितरण थाल्नका लागि तयारी भएको सुवेदीले बताए । पाँच बर्षभरी देशभरी वितरण गर्ने लक्ष राखिए अनुसार पहिलो चरणमा दुई ठाँउमा वितरण गर्न लागिएको हो । नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिने छ ।

१ लाख १० हजार पाँचथर र ७ हजार सिंहदरबारबाट वितरण हुनेछ । एडिविको ऋण सहयोगमा परिचय पत्र बितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा ४ दशमल ८ मिलियन अमेरिकी डलर ऋण सहयोग एडिविको हुने बताईएको छ । २०६६/०६७ यता राष्ट्रिय परिचय पत्रका वितरण गर्ने भनिएपनि यस बर्षदेखि वितरण गर्न लागिएको हो । २०७१ पछि मन्त्रिपरिषद बैठकबाट परिचयपत्र वितरणको कार्य थालनि गर्ने तीन पटक वितरण गरेको थियो ।

छिमेकी भारत, पाकिस्तान, बंगालादेश र श्रीलंकामा यस्तो परिचयपत्रको प्रचलन छ । नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिने छ । १ लाख १० हजार पाँचथर र ७ हजार सिंहदरबारबाट वितरण हुनेछ । एडिविको ऋण सहयोगमा परिचय पत्र बितरणको काम अघि बढाइएको हो । पहिलो चरणमा ४ दशमल ८ मिलियन अमेरिकी डलर ऋण सहयोग एडिविको हुने बताईएको छ । यहि बर्षको अन्तसम्ममा पहिलो चरणको वितरण सक्ने योजना रहेको छ ।

परिचयपत्रका लागि फ्रान्सको सफरान आईडिटीले ठेक्का पाएको छ । निर्वाचन आयोगमा रहेका मतदाता नामावालीको विवरणलाई आधार बनाईने छ । गाँउ गाँउमा क्याम्प राखि परिचयपत्रको विवरण संकलन गर्ने तयारी भएको छ नाम, जन्ममिति, वाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छाप सहितको विवरण भएको परिचय पत्र वितरण हुनेछ । स्मार्ट कार्ड जस्तो परिचय पत्र वितरण हुने छ । अनलाईनमा रिड गर्ने गरीको डिजिटल परिचयपत्र वितरण हुने छ । नगारिकताको विवरण समाविष्ट डिजिटल कार्ड बनाईने बताइएको छ ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्