नयाँ ‘रअ’ प्रमुख हल्दारले सम्हाले जिम्मेवारी, आइबी प्रमुख समेत फेरिए
काठमाडौं : नेपालको खुल्ला बोर्डर र राजनीतिक तरलताको आडमा हुने गरेको भारत लक्षित आपराधिक कार्यलाई नियन्त्रण गर्न विषेश जिम्मेवारी रहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० ले नेपालमा आफ्ना प्रमुख परिवर्तन गरेको छ ।
यो परिवर्तनसँगै नयाँ प्रमुखका जिम्मेवारी पाएका अभिजित हल्दारले पटक पटक आवत जावत गर्दै गरेका थिए । भने हालसम्म प्रमुखका जिम्मेवारीमा रहेका विवेक जोहरी भने शुक्रवारदेखि औपचारिक रुपमा जिम्मेवारी छाड्दैछन् । श्रोतले भन्यो उहाँ केहि दिन नेपालमै छुटी मनाउनेछन् र पछि भारत फर्किनेछन् । यो परिवर्तनलाई राजनीति र कूटनीतिका रौंचिरा बुझेकाहले यसलाई निकै अर्थपूर्ण रुपमा हेरेका छन् ।
२०७२ असोजमा नेपालको नयाँ संविधान जारी भएपछि भारतले विवेक जोहारीलाई नेपालको ‘र’ प्रमुख बनाएर पठाएको थियो । यसअघि नयाँ राजदूत मञ्जिव सिंह पुरीको नेपाल आगमनसंगै भारतीय दूतावासका महत्त्वपूर्ण कूटनीतिज्ञहरुको फेरबदल भएको छ । यसअघि डिसिएम रहेका विनयकुमार आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरी हालै दिल्ली फर्किएका छन् ।
उनीनिकट भविष्यमा राजदूत हुने सम्भावना रहेको बताइन्छ । डीसीएम विनयकुमारको भूमिका यसअघि पुनर्निर्माण प्रमुख रहेका डा. अजय कुमारले सम्हालेका छन् । त्यसैगरी, आईबी प्रमुख डा। कन्नन पनि नेपालबाट बिदा भएकाछन् । उनी गएपछि रिक्त हुने स्थानमा मैथली झा नियुक्त भएका छन् ।