Logo
३ आश्विन २०८१, बिहीबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिहापछि डा.केसीले भने,-‘फैसला सकारात्मक छ, अनशनबारे बिहिबार निर्णय लिन्छु’

काठमाडौं : बुधवार दिनभर चलेको बहसपछि अबेर आएको अदालतको फैसला अनुसार बुधवारै रिहा भएका डा. केसीले अनशन जारी नै राखेका छन् ।  उनले  आफूलाई साधारण तारेखमा छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने अदालतको आदेशलाई सकारात्मक रुपमा लिएका बताएका छन् ।

‘आजको निर्णयले अदालतको गरिमा अझ बढेको छ, अनशनबारे भोलि निर्णय गर्छु,’ डा. केसीले अदालत परिसरमा बुधबार साँझ सञ्चारकर्मीहरुसँग भने । उनले भने ‘अदालतको आदेश सकारात्मक हो, यसले न्यायालयको गरिमा बढाएको छ ।’  रिहा भएलगतै उनी सर्वोच्च अदालतबाट महराजगंज स्थित टिचिङ अस्पतालमा पुगी फेरी धर्ना बसेका छन् ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्