अदालत विरुद्ध होईन मेरो अनशन भ्रष्ट न्यायाधीश विरुद्ध जारी रहनेछ : डा. केसी
काठमाडौंं । अदालतको अभेल्ना मुद्दामा बुधबार रिहा भएका डा. गोविन्द केसीले अझैपनि अनशन जारी राखेकाछन । यसाघी उनि प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए ।
उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् । अदालतको फैसलापछि उनले आफू अदालत विरोधी होइन बरु भ्रष्ट न्यायाधीशको विरोधी रहेको बताए । डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए । उनलेे पराजुलीको राजीनामा नआउन्जेलसम्म आफ्नो अनशन जारी रहने बताए ।