Logo
३ आश्विन २०८१, बिहीबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीलाई तारेखमा रिहा गर्न र प्रधान्यायाधीशको प्रमाणपत्रहरु झिकाउन आदेश

काठमाडौँ : सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा गरेको छ । बुधवार दिनभरको लामो बहस पछि तयार भएको संक्षिप्त आदेशमा डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको छ ।

साथै, अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिक्ता प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट र शैक्षिक प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।

डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ । अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो ।

डा. केसीले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए । उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् । डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्