Logo
२७ फाल्गुन २०८१, मंगलबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल बस र ट्रक ठोक्किदा दुर्घटनामा परि एकको निधन 

चितवन : मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने् अन्य दुईजना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा वडा नं ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताएका छन ।

बुधबार बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।सोही गाउँपालिका वडा नं ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएकोले श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)ट्रक र बस दुबै सडकबाट करिब ५०/६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट जोगिएको र ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्