प्रधानन्यायाधीशको राजिनामा माग्दै माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं : सर्वोच्च अदालतमा केसीको पक्ष र विपक्षमा बहस चलिरहँदा माइतीघरमा भने केसीका समर्थकहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
पक्राउ पारेका डा. गोविन्द केसीका समर्थकले विहानैदेखि माइतीघर मण्डलामा प्रदर्शन गरेपछि त्यहा सुरक्षाका लागि बाक्लो प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरुले नेपालको राष्ट्रिय झण्डा र प्ल्कार्डमा लेखिएका विभिन्न नारासहित प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन् ।