कुन्तीदेवी बुढाथोकीको ८८ वर्षको उमेरमा निधन
झापा, बनियानी : झापामा महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक समाजिक अगुवाको निधन भएको छ । भद्रपुर–८ स्थित आफ्नै निवासमा बुधबार कुन्तीदेवी बुढाथोकीको ८८ वर्षको उमेरमा निधन भएको हो ।
बहुदल आएपछि बुढाथोकीले झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । कुन्तीदेवीका तीन छोरीहरु छन् ।
कुनै पनि पार्टीमा आबद्ध नभई उनी झापा स्थित स्थानिय महिलाहरुमा जनजागरण गर्न निकै महतवपुर्ण भुमिका खेलेकी थिइन ।