मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर चालकको मृत्यु
काठमाडौँ : पौष २६ गते बुधबार काठमाडौँको टेकुमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको गएराति ११ः४५ बजे रोकी राखेको ना५ख १६४३ को ट्रकमा बा३०प ६११९ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
(रासस) महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको बताएका छन ।