सर्वोच्च अदालत भित्र बयान र बहस भइरहदा बाहिर डा.केसी रिहाइको माग गर्दै प्रदर्शन
काठमाडौं : रामशाह पथ स्थित सर्वोच्च अदालतमा मंगलबार दिउँसो डा. गोविन्द केसीको बयान जारी रहँदा अदालतबाहिर उनीसमर्थक विभिन्न समूहले उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन् ।
डा. केसीको पक्षमा नाराबाजी गरेका विद्यार्थीहरु लगायत अन्य सेवाग्राहीहरुलाई समेत प्रहरीले सर्वोच्च अदालत परिसरबाट हटाएको छ ।
नेविसंघ प्राविधिक विद्यार्थीले उनको रिहाइको माग सर्वोच्च अदालतबाहिरै लगाएका छन् भने केसी समर्थकहरुले अदालतअगाडि लगातार दबाब प्रदर्शन गरिरहेका छन् ।