Logo
१४ पुस २०८१, आईतबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवअधिकार आयोगमा प्रहरीबिरुद्ध अनेरास्ववियुको उजुरी

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेको छ । गत पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै मंगलबार आयोगमा उजुरी हालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको समेत सचिव लामिछानेले बताए ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्