Logo
२३ पुस २०८१, मंगलबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिश्र र चालिसको संयुक्त इजलाशनमा डा.केसीको बयान सुरु

काठमाडौं : अदालतको अपहेलना मुद्दामा पक्राउ गरी सर्वाेच्च अदालतमा उपस्थित गराइएका डा.गोविन्द केसीको बयान सुरु भएको छ । अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनीसँग बयान लिन थालिएको छ ।

बयानपछि सुरुमा डा.केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्नेछन् । त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन् । बहस सकिएपछि थुनछेक आदेश हुने छ । न्यायधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा उनको बयान सुरु भएको हो ।  डा.केसीको पक्षमा सुरेन्द्र भण्डारी, डा.गाोपाल शिवाकोटी ‘चिन्तन’ लगायत दर्जन अधिवक्ताले बहस गर्ने तयारी गरेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)को डिन नियुक्तिसम्बन्धि मुद्दामा सर्वाेच्चले गरेको फैसलाविरुद्व अभिव्यक्ति दिएको र त्यसको अदालतको अपहेलना गरेको भन्दै डा.केसीलाई सर्वाेच्चको आदेशमा सोमबार पक्राउ गरिएको थियो ।

 

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्