डा.गोविन्द केसीसँग सर्वोच्च अदालतमा बयान सुरु
काठमाडौँ : अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ । तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ ।
बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित छन् । केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो । सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।