Logo
२३ पुस २०८१, मंगलबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गगन थापा, रविन्द्र मिश्र समेत अदालतविरुद्ध सडकमा

काठमाडौं : पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र माइतिघरमा माइतिघर पुगेकाछन् । डा. गोविन्द केसीलाई अहिले ९ बजे अदालतमा सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

माइतीघरमा भएको बिरोध कार्यक्रममा आम नागरिक र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । अदालतको आदेशमा प्रहरीले अनशनरत डा. केसिलाई गिरफ्तार गरेपछि पद्र्रशन सुरु भएको हो । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो ।

डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । माइतीघरको प्रदर्शनमा कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।

प्रहरीले अहिले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेकाे छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्