Logo
३ आश्विन २०८१, बिहीबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात बढाएपनि प्रहरीले डा. केसिलाई हत्तकडी लगाएनन् तर एम्बुलेन्समा बसाए (हेर्नुस् फोटोहरु)

काठमाडौँ : प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेर एम्बुलेन्समा राखेर लगिएको छ । पक्राउ पुर्व उनलाई प्रहरीले गरफ्तार पुर्जी पढेर सुनाएका थिए । त्यसपछि डा. केसिले उक्त पत्र बुझदै गिरफ्तारी दिन तयार भएका थिए ।

हत्तकडी लगाउन डा. केसिले हात बढाएपनि प्रहरीले उनलाई हत्तकडी भने लगाइएनन् । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले सोमबार राति करिव ८ बजे उनलाई पक्राउ गरेको हो । उनलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गर्दा केसीका समर्थकको अवरोध आउन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा उनलाई पक्राउ गर्न प्रहरी टोली पुगेका थिए । प्रहरीले पक्राउ गर्न पुग्दा संचारकर्मीको पनि ठुलो भिड लागेको थियो । डा. केसिले बन्दी गृह भित्र समेत आफूले आफ्नो अनसन जारी नै राख्ने बताएकाछन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्