Logo
२३ पुस २०८१, मंगलबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश विरुद्ध अनशनमा रहेका डा. गोविन्द केसी गिरफ्तार

काठमाडौँ : डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार केसीलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो । पक्राउ गरिएका डा. केसिलाई मंगलवार बिहान १० बजे सर्वोच्च अदालतमा उपस्थित गराउने योजना नेपाल प्रहरीको रहेको छ ।

केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार अपरान्ह ४ बजेदेखि चौधौ अनसन सुरु गरेका थिए । प्रध्यापक केसीले चार वर्षअघि त्रिविले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा.शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वहालीको आदेश दिएलगत्तै त्यसको चर्को विरोध गर्दै आएका छन् । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश कार्कीको सो आदेशको विरोधमा डा.केसीले चौधौ अनसन घोषणा गरेको जनाएका छन् ।

 

प्रहरीले पक्राउ गर्ने पुगेका बेलाको दृशय । तस्विर : नागरिक टाइम्स

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्