Logo
३ आश्विन २०८१, बिहीबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले गिफ्तार गरिए पनि मेरो अनशन जारी नै रहनेछ : डा. केसि

काठमाडौं : अदालतको मानहानी गरेको भन्दै अनशनरत डा. गोविन्द केसिलाई पक्राउ गर्न आदेश दिएपनि उनले जेलमा बसेरपनि अनशन जारी नै राख्ने बताएका छन् । अदातको फैसलापछि नागरिक टाइम्ससँगको प्रतिकृयामा डा. गोविन्द केसिले प्रहरीले आफूलाई गिरफतार गरिएपनि आफूले अनशन भने जारी नै राख्ने बताए । ‘अदालतका न्ययाधिष कुनै भगवान होइन, यहि देशमा न्याधीशमाथी महाअभियोग लगाउने कार्य पनि भएको छ ।’ उनले भने ‘न्याधीशले कुनै मिलोकतो गरेको त्यसको विरोध गर्न पाउने छैन भन्ने छैन, मेरो अनशन जारी नै रहनेछन ।’

यता, प्रधानन्याधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा.गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा। केसीलाई अदालतको मानहानी गरेको जनाउँदै पक्राउ आदेश जारी गरेको हो ।

प्रध्यापक डा. केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार अपरान्ह ४ बजेदेखि चौधौ अनसन सुरु गरेका थिए । प्रध्यापक केसीले चार वर्षअघि त्रिविले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा.शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वहालीको आदेश दिएलगत्तै त्यसको चर्को विरोध गर्दै आएका छन् । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश कार्कीको सो आदेशको विरोधमा डा.केसीले चौधौ अनसन घोषणा गरेको जनाएका छन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्