Logo
३ आश्विन २०८१, बिहीबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिब केन्द्रित नेपाली सेनाको चिया खान मध्यमवर्गियहरुकै तछाड्मछाड्

जनकपुरधाम : बढ्दो चिसोसँगै धनुषा स्थित जनकपुरमा नेपाली सेनाको एक समुहले बाड्दै गरेको चिया खान सर्वसाधारणले तछाड्मछाड् गरेका छन् । पछिल्लो समय देशभर बढेको चिसोसँगै प्रभावित गरिब सर्वसाधारणलाई चिया खुवाउने उद्देश्यले जनकपुरमा नेपाली सेनाका एक समुहले चिया बाड्ने कार्यक्रम थालेका हुन् ।

तर उक्त चिया खानेहरु मध्ये गरिब भन्दा नी मध्यमवर्गियहरुकै बढी तछाड्मछाड देखिएका थिए । घम्साघम्सी पनि यत्तिसम्म भयो की, केहि गरिब सर्वसाधारणले चिया थाप्न पनि सकेनन् । सेनाको उक्त समुहले जनकपुर सहित गरिब बस्तीमा शनिबार बिहान नेपाली सेनाले शरिर न्यानो बनाउन तातो चिया बाँडेका हुन् ।

धनुषाको गोरखनाथ गाणले जनकपुर उपमहानगरपलिका-१ स्थित दलित बस्ती र जनक चोकमा चिया बाँडेको हो ।चिसोले प्रभावित गरिब र दलित बस्तीमा बिहानै तातो चियाले न्यानो प्राप्त हुने उद्देश्यले नेपाली सेनाले निःशुल्क चिया उपलब्ध गराएको गोरखनाथ गणका प्रमुख सेनानी खेमराज शर्माले बताए । प्रभावित क्षेत्रको पहिचान गरी चिया र आगो ताप्ने व्यवस्था गर्ने तयारी भइरहेको प्रमुख सेनानी शर्माले बताए ।

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्