Logo
२१ पुस २०८१, आईतबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरका राजेश सक्सेना भारतमा ‘राजा सलहेश’ पुरस्कारबाट सम्मानित

जनकपुरधाम : कलाकार तथा पत्रकार राजेश सक्सेना राजा सलहेश पुरस्कारबाट सम्मानित भएका छन् । शनिवार भारतको मुङगेरमा आयोजित पासमान समुदायको बृहत एकता महासम्मेलनबाट सक्सेना सम्मानित भएको हो । राजेश करिब एक बर्ष पहिले भारतकै झन्झारपुरमा आयोजित एक साँस्कृतिक कार्यक्रममा राजा सलहेशको गित र राजा सलहेशको नाचमा आधारित अभिनय गरेका थिए । उनलाई ३१ हजार भारतिय नगद राशि र प्रमाण पत्र प्रदान गरिएको छ ।

महासम्मेलनमा सहभागी कलाकार तथा नेपाल भारतका विभिन्न व्यक्तित्व मध्ये नेपालबाट राजेश सम्मानित भएका हुन् । उनको अभिनय दर्शकलाई अतिनै मन पराउनुको साथै लोप भईरहेको राजा सलहेशको गितलाई जिवन्त अवस्थामा ल्याउन आफ्नो तवरबाट लागिरहेकै कारण राजा सलहेश पुरस्कारबाट उनलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्