उपचारसँगै ‘रअ’ प्रमुख समेतलाई भेटने योजना सहित बैंकक जादै ओली
काठमाडौं : हाल बिरामी रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २६ गते बुधबार थाईल्याण्डको बैंकक जाँदैछन् । तर उनी उपचारका साथसाथै राजनीतिक मिसन समेत लिएर थाइल्याण्ड जाने तयारीमा रहेका बुझिएको छ ।समाचार श्रोत भन्छन् ‘उनी ‘रअ’ प्रमुख समेत अन्य भारतीय कुटनैतिक निकायका प्रतिनिहरुसंग भेटवार्ता गर्ने योजना सहित बिदेशतिर लागेका हुन् ।’ तर चुनाव अघिनै नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक जानुपर्ने भएपनि नभ्याएकाले बुधवार ओली बैंकक जान लागेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीको जाने निश्चित भएपनि फर्कने मिति तय भइसकेको छैन ।
एमाले र माओवादीबीच एकताका बारे नेताहरुले जतिनै भाषणमा प्रचार गरेपनि भित्रि रुपमा दुई पार्टीका अध्यक्षबीच एकताबारे ठोस गफ हुनसकेको छैन । माओवादी स्रोतको आरोप छ, एमाले पार्टी एकता गर्ने मुडमा नै छैन । यस्तो स्थितिमा उपचारको नाममा हुन गईरहेको थाइल्याण्ड भ्रमण उपचारका लागि हो वा अरु नै राजीतिक खिचडी पाक्दै छ भन्ने आशंका जन्मिएको छ । मृगौला प्रत्यारोपणपछि भारतमा नियमित स्वास्थ्य परिक्षण गराउँदै आएका ओली केही वर्ष यता बैंकक जान थालेका हुन् ।
सुरक्षा सम्वद्ध एक उच्च अधिकारीका अनुसार ओली बैंककमा झण्डै १० दिन बस्ने संभावित कार्यक्रम तय भएको छ । स्वास्थ्य परिक्षणसँगै उनले बैंककमा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाईसिस विङ ‘रअ’ का प्रमुख अनिलकुमार धस्मानासँग भेटवार्ता गर्ने छन् । पछिल्लो चरणमा भारतसँग सम्वन्ध चिसिएका बोला ओलीले विभिन्न माध्यमबाट पुरानो सम्वन्ध कायम गराउन पहल गरिरहेका छन् ।