निर्वाचनमा पराजयको मुख्य कारण पार्टी विभाजन : राप्रपा नेपाल
काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हालै सम्पन्न भएको निर्वाचन पराजय व्यहोर्नुको मुख्य कारण पार्टी विभाजन नै भएको बताएको छ ।
गत बुधबारदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रवादी तथा हिन्दू राष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको षड्यन्त्रले पार्टी विभाजन भएको भन्दै निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको हो ।
केन्द्रीय समिति बैठकपछि प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”चुनावमा अकल्पनीय एवं निराशाजनक परिणामका विभिन्न कारणहरु रहेका छन् । त्यसबारेमा केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन अनुसन्धान गर्नेछ । राष्ट्रवादी तथा हिन्दू राष्ट्र पक्षधर शक्तिलाई कमजोर पार्टी बनाउने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको षडयन्त्र र त्यही षडयन्त्र अनुरुष निर्वाचनको पूर्वसन्ध्यामा गरिएको पार्टी विभाजन नै निर्वाचनमा पराजयको मुख्य कारण हो ।”