Logo
२० कार्तिक २०८१, मंगलबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख र राजधानी तय : निर्वाचनको मिति तोक्न आनाकानी

काठमाडौं :  राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सरकारले आनाकानी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा सरकारले निर्वाचनको मिति तोक्ने भनेतापनी शेरबहादुर देउवा नेतृत्वको सरकारले मिति तोक्न सकेन् । प्रदेश प्रमुख र राजधानी तोक्ने विषयमा प्रमुख दलबीच लगभग जुटिसकेको छ तर यसविषयमा पनि निर्णय गर्न देउवा नेतृत्वको सरकार आनाकानी गरिरहेको छ ।

२३ पुसभित्र प्रदेशको परिणाम घोषणा प्रदेशसभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्ने देखिन्छ । २४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्ने अधिकारीहरु बताउछन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् बैठक डाकी यो काम पुरा गर्नुपर्नेमा आलटाल गरिरहेको नेताहरु बताउछन् ।

२५ पुसभित्र निर्वाचनको मिति घोषणा निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ । आयोगले मिति घोषणा भएको बढीमा २५ दिनभित्र निर्वाचन गर्न सकिने बताउादै आएको छ । जबकि, त्योभन्दा चााडै निर्वाचन गर्न सकिन्छ । आयोगले २५ माघका लागि मिति तोक्न सरकारलाई सुझाइ सकेकोको छ । सरकारले अहिलेसम्म मिति तोकेको छैन । सरकार र आयोगले चाहेमा १५ माघभित्रै राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ । पुस मसान्तभित्र प्रदेश प्रमुखलाई प्रतिवेदन आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ ।

सरकारले सोमबारभित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्तभित्रै आयोगले प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ । सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ । जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ । पुस मसान्तभित्र दल दर्ता आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्तसम्मको समय दिइसकेको छ । जबकि यो काम पनि बढीमा सात दिनभित्रै सकिन्थ्यो । आयोगकै तालिकाअनुसार पुस मसान्तभित्र दल दर्ता हुनेछन् ।

२ माघभित्र प्रदेश सदस्यको शपथ प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष र अन्य सदस्यले ज्येष्ठ सदस्यसमक्ष शपथ लिने व्यवस्था छ। यो काम २ माघभित्रै सकिन्छ । माघ पहिलो साताभित्र निर्वाचन अधिकृत नियुक्त मिति तोकिएपछि आयोगले न्याय परिषद्को परामर्शमा निर्वाचन अधिकृतको नियुक्ति गर्छ । यो काम बढीमा दुई दिनभित्र सकिन्छ । अति ढिलो गरे माघ पहिलो साताभित्र निर्वाचन अधिकृत तोक्न सकिन्छ । ९ माघभित्र मतदाता नामावली तयार आयोगले मतदाता नामावली तयार गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् ।

जुन संख्या र नामावली प्रस्टै हुन्छ । आयोगले धेरै ढिलो गरे पनि दुई दिनभित्र यो काम सम्पन्न गर्न सक्छ । १२ माघभित्र मनोनयन र अन्तिम नामावली प्रकाशन निर्वाचनका लागि त्यसपछिको काम मनोनयन दर्ताको हो । यो काम पनि बढीमा दुई दिनमै सम्पन्न गर्न सकिन्छ । उम्मेदवारीमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको काम १२ माघभित्र सकिन्छ । १५ माघमा निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि तीन दिन प्रचार–प्रसारको समय छुट्याउादा पनि १५ माघमा निर्वाचन सम्पन्न गर्न सकिन्छ ।

हरेक प्रदेशमा छुट्टाछुट्टै मतदान कानून हुने भएकाले मतगणना पनि एक दिनमै सकिन्छ । अर्थात, मतदान भएको भोलिपल्ट निर्वाचन परिणाम आउनेछ । यसरी विधि सटकट भएपनि चुनावको मिति घोषणा नहुनुले थप अन्योल बढाएको छ भने दलहरुवीचको दूरी बढ्ने संकेत देखिन्छ ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्