Logo
३ आश्विन २०८१, बिहीबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलको निर्माण कार्यमा फेरी अन्यौलता (फोटो फिचर)

भैरहवा : राष्ट्रिय गौरवको आयोजना रहेको निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य फेरी अन्यौलता देखिएको छ । विमानस्थल निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले व्यवस्थापन परिवर्तन गरेर काम अगाडी बढाइरहेको अवस्थामा एसियाली बिकास बैंक (एडिबी) को चेतावनीका कारण विमानस्थलको निर्माण कार्यमा अन्यौलता देखिएको हो ।

निर्धारित समयमा काम नसकिएको भन्दै एडिबीले विमानस्थलका लागि प्रदान गर्दै आएको अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी दिएको छ । चिनियाँ कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै एडीबीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई ऋण र अनुदान रोक्ने चेतावनीयुक्त पत्र पठाएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिए ।

चिनियाँ कम्पनी र नेपाली सह ठेकेदार बिच उत्पन्न विवाद पश्चात सन्तोषजनक रुपमा काम अगाडी बढिरहेको विमानस्थल निर्माण कार्यमा एडिबीको चेतावनीले चिन्ता थप गरेको छ । अहिले सम्म विमानस्थल निर्माण कार्य करिब ३३ प्रतिशत सम्पन्न भएको प्रमुख शर्माले बताए । यो काम भनेको गाह्रो काम भएको कारण अब निर्माण द्रुत गतिमा अगाडी बढ्ने शर्माको भनाई छ । रकम निकासा भएको आधारमा कामको प्रतिशत निकाल्ने गरिन्छ । प्रतिशतमा करिब ३३ प्रतिशत मात्र काम सम्पन्न भएको कारण एडिबीले असुन्तिष्टी जनाएको छ ।

प्रमुख शर्माका अनुसार विमानस्थलमा हाल सम्म भएको काम न्युन रकम दरमा काम गर्ने चिनियाँ कम्पनी र सरकारबिच सम्झौता भएको थियो । जसअनुसार चिनियाँ कम्पनीले धेरै काम गरेपनि न्युन दरमा काम गरेको कारण रकम बढी निकासा नहुदाँ कामको प्रतिशत कम देखिएको हो । आयोजनाबाट हाल सम्म चिनिया कम्पनीलाई करिब १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको शर्माले बताए ।

०७४ असार सम्म आयोजनाको करिब ८० प्रतिशत काम सकिने र थप करिब ६ महिना निर्माण कम्पनीलाई थप गरे सन २०१८ को अन्तिम सम्ममा आयोजना सकिने सम्भावना रहेको आयोजना प्रमुख शर्माले बताए । यस्तो अवस्थामा एडिबीले असहयोग गरे सरकार आफैले आयोजना सम्पन्न गर्नु पर्ने उनको सुझाव छ ।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“ लगानीमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । यस्तै ओपेक फण्ड फर ईन्टरनेशनल डेमलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो । ६ अर्ब २२ करोड बढीको लगानीमा निर्माण भइरहेको विमानस्थलमा करिब १ अर्ब ५० करोड ठेकेदारलाई भुक्तानी भइसक्दा ४ अर्ब ७२ करोड बढी रुपैयाँँको काम हुन बाँकी रहेको छ ।

सरकारले विमानस्थल निर्माणका लागि अधिग्रहण गरेको ७ सय २० विघा जग्गाको लागि २५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिरहेको छ । यस्तो अवस्थामा एडिबीबाट ऋण नलिई पनि नेपाल सरकार स्वयंमले आयोजना अगाडी बढाउन सकिने शर्माको तर्क रहेको छ । सन २०१७ सम्म चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले विमानास्थल निर्माण सम्पन्न गर्नु पर्नेमा मधेश आन्दोलनको कारण देखाउदै थप ६ महिनाको समय माग गरे बमोजिक नागरिक उड्ययन प्राधिकरणले सन २०१८ को जुन अन्तिम सम्मको समय सीमा थपेको छ ।

काबु बाहिरको परिस्थितको कारण म्याद थपिएको हो, म्याद थप गर्दा एडिबीको पनि स्विकृति रहेको छ, निर्धारित समयमा काम नसकिए ठेकेदारबाट जरिवाना लिएर पनि काम गराउन सकिन्छ जनता पोष्टसगँ शर्माले भने । अहिले विमानस्थल निर्माण कामको लागी १ सय ५० भन्दा बढी स्थानिय कामदार र ३५ जना दक्ष चिनिया कामदारले काम गरि रहेको बताउदै उनले थप २ सय ५० जना चिनिया कामदार चिनबाट ल्याउन स्विकृत भइसकेको र जसमध्ये ५० जना भिसा कार्यहरु पनि पुरा भइसकेको जानकारी दिए ।

शर्माका अनुसार विमानस्थलमा रन वे, अन्तराष्ट्रिय टर्मिनल भवन, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड टयांकी लगायतका कायहरु भइरहेको छ ।  केही महिना अघि सम्म निर्माण कम्पनीसगँ औजारहरु प्रयोग गर्ने दक्ष कर्मचारी नहुदाँ समेत उसलाई समस्या परेको थियो तर अहिले उसले चिनबाट नै दक्ष कर्मचारी ल्याएर तिव्र रुपमा काम जारी राखेको छ प्रमुख शर्माले जनता पोष्टसगँ भने यस्तो अवस्थामा एडिबीकै कारण निर्माण काम रोकिनु हुदैन, बिकास बजेटबाट भए पनि खर्च गरेर आयोजना सफल बनाउनुपर्छ ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्