घुमफिरमा पुर्वराजा ज्ञानेन्द्र शाह : होटलमा बास बस्दै, मठ-मन्दिर धाउदै
धनगढी : उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्र आज बिहान धनगढी पुगेका छन् । धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने कार्यक्रम रहेको थियो ।
पुर्वराजासँगै पुर्वरानी कोमल, बुहारी हिमानी र नातीनि प्रेरणा शाह पनि धनगढी जाने भनिएता पनि राजा ज्ञानेन्द्र एक्लै धनगढी पुगेका थिए । बिहानै पुर्वराजाले उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने र त्यसपछि दिउसो १ बजे धनगढीको जलशा होटलमा खाना खाने कार्यक्रम रहेको थियो । पुर्वराज परिवारको खानाका लागि दरवारका ३ जना कुक आफै आएका थिए ।
दरवारका कुक कृष्ण गुरुङको नेतृत्वमा आएका उनिहरुले बिहानैदेखी जलशा होटेलको किचेनमा खानाको तयारी गरिरहेका थिए । कुक गुरुङले भने खानाका परिकारहरुको बारेमा जानकारी दिन मानेनन् । उनले दाल भात तरकारी सहितको नेपाली खाना तयार भईरहेको भने जानकारी दिएका थिए ।
खानाका लागि दरवारका कुकहरुले छुट्टै मसाला माग गरेको होटेलका कर्मचारीहरुले बताए। जलसा होटेलको १ सय ५ नम्बर कोठामा पुर्व राजा ज्ञानेन्द्रले खाना खाने कार्यक्रम रहेकोले होटलका कर्मचारीहरुले उक्त कोठा सजाएर राखेका थिए ।