दिलनाथ गिरी बर्खास्त : तर अझै पनि ६२ जनाको मन्त्रिमण्डल कायमै
काठमाडौं : राप्रपाबाट शहरी विकास मन्त्री बनेका दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरिएको छ । पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापासँगको विवादका कारण उनी बर्खास्त भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार राप्रपा अध्यक्ष थापाको प्रस्तावमा शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गरेका हुन् । उनलाई बर्खास्त गरेसँगै प्रधानमन्त्री कार्यालयले उनको नाम मन्त्रिपरिषद्को सूचीबाट समेत हटाएको छ । उपप्रधानमन्त्री र ऊर्जा मन्त्री रहेका थापालाई नै शहरी विकास मन्त्रालयलको पनि जिम्मेवारी दिइएको छ । मन्त्री गिरीले आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै पार्टी अध्यक्ष थापासँग विवाद भएपछि उनलाई मन्त्री पदबाट फिर्ता बोलाइएको थियो ।
६ पटकसम्म मन्त्रिपरिषद् विस्तार गरी इतिहासकै जम्बो मन्त्रीमण्डल बनाएका देउवाको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका विना विभागीय मन्त्री, राज्यमन्त्रीसहित अहिले पनि ६२ जना रहेका छन् ।